काठमाडौंमा समातिए विप्लवका तीन शक्तिशाली नेता



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना शक्तिशाली नेतालाई महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंबाट पक्राउ गरेको छ ।

केन्द्रीय सदस्यसहित तीन जनालाई योजना बनाउने क्रममा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई महाशाखाबाट खटिएको टोलीले बत्तिसपुतलीबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ गरिएका मध्ये डम्बरबहादुरले पार्टी परित्याग गरेको बताइएको थियो । त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यता महाशाखाले विप्लव समूहका मात्रै एक हजार जना नेता कार्यकताृलाई टार्गेटमा राखेको छ । प्रहरी स्रोतका अनुसार प्रत्येक महिनामा प्रगतिका काम भइरहेका छन् ।

जेठमा मात्र उपत्यकाको भक्तपुर र ललितपुरका कतिपय नेतालाई पक्राउ गरी उनीहरूको मोबाइल प्रहरीले जफत गरेको थियो । रणनीति र कार्यक्रमहरु कसरी चलाइन्छ भन्ने बारेमा महाशाखाले अध्ययन गरीरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...