काठमाडौंमा समातिए विप्लवका तीन शक्तिशाली नेता



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना शक्तिशाली नेतालाई महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंबाट पक्राउ गरेको छ ।

केन्द्रीय सदस्यसहित तीन जनालाई योजना बनाउने क्रममा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई महाशाखाबाट खटिएको टोलीले बत्तिसपुतलीबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ गरिएका मध्ये डम्बरबहादुरले पार्टी परित्याग गरेको बताइएको थियो । त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यता महाशाखाले विप्लव समूहका मात्रै एक हजार जना नेता कार्यकताृलाई टार्गेटमा राखेको छ । प्रहरी स्रोतका अनुसार प्रत्येक महिनामा प्रगतिका काम भइरहेका छन् ।

जेठमा मात्र उपत्यकाको भक्तपुर र ललितपुरका कतिपय नेतालाई पक्राउ गरी उनीहरूको मोबाइल प्रहरीले जफत गरेको थियो । रणनीति र कार्यक्रमहरु कसरी चलाइन्छ भन्ने बारेमा महाशाखाले अध्ययन गरीरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...