अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट, उपाध्यक्षसहित नौ जना निलम्बित
नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ । हिजो आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो । संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको बताइएको छ ।