म पुरानो डाइभर हुँ नि : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धान रोपाईंमा सहभागी हुुनुभएको छ । असार १५ को अवसरमा एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा सहभागी भई अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले झण्डै १५ मिनेट मेसिनबाट धान रोप्नुभएको हो । उहाँसँगै पत्नी राधिका शाक्य र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालसहितका नेता कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।

गाडी चलाएर मेसिनबाट धान रोपेपछि जनताटाइम्स डटकमको प्रश्नमा अध्यक्ष ओलीले आफू पनि पुरानो डाइभर भएको भन्दै मुस्कान दिनुभयो । सदैव फरक फरक शैलीमा जवाफ दिनुहुने ओलीले ‘खतरा गाडी चलाउन आउँदो रैछ नि भन्ने प्रश्नमा गाडीबाट ओर्लदै भन्नुभयो, ‘म पनि पुरानो डाइभर हो नि !’

रोपाई सुरु गर्नुअघि आयोजित कार्यक्रममा संक्षिप्त संबोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको अवस्थामा धान आयात गर्नुपर्ने कुरा अत्यन्त दुःखद रहेको बताउनु भयो । ‘६० प्रतिशत जनता कृषिमा निर्भर भए पनि हाम्रो अवस्था भनेको आयातमा भर पर्नुपर्छ । यो अत्यन्त दुःखद स्थिति हो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले यस्तो स्थिति आउनुको कारण पनि खोल्नुभयो ।

‘यो स्थिति हाम्रा लापर्वाही, असावधान र प्रयाश नगरेको कारण भयो । अव उत्पादन बृद्धिको बाटोबाट, जमिन खेर जान नदिने माध्यमबाट, कृषिको आधुनिकीकरण गर्नै, ब्यवसायीकरण गर्ने बाटोबाट अन्त्य गर्नुपर्छ,’ ओलीले भन्नुभयो । उहाँले सही योजनाका साथ काम गरे धान उत्पादनमा नेपालले फडको मार्ने बताउनु भयो ।

थोरै मेहनत र लापर्वाही सुधार गर्दा पनि धेरै ठूलो मात्रामा बृद्धि पनि गर्न सक्छौं उत्पादनमा । नेपाल कृषि प्रधान देश हो र नेपालको मुख्य खाद्यन्न बाली भनेको धान हो । धानका लागि नेपालको जमिन उत्तम छ । हामीसँग समथल तराई र उर्वर माटो छ, त्यसै गरेर यहाँको हावापानी उत्तम छ धानको लागि,’ ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...