एमालेमा चुलियो द्वन्द्व,ओली पक्षले पेलेको भन्दै नेपाल पक्षका सांसदले दिए राजीनामा,पैसामा मन्त्री पदको लेनदेन



हाम्रो इकोनोमि

प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् ।

राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं झरेका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका छन् । त्यस्तै पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउन लागेको शाहीले बताए ।

एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी परेनन् । त्यसपछि उनले अपमानित महशुस गर्दै राजीनामा दिएको बताए ।

शाहीले भने- नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेलले मन्त्री बनाए । पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाइयो । ममाथि सहनै नसकिने अन्याय गरेपछि धेरै पीडावोध महशुस गरेर राजीनामा दिएको हुँ ।

एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताए । उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोपसमेत लगाए ।

‘नवप्रवेशी र पार्टीमा कुनै योगदान नगरेका व्यक्तिहरुलाई आर्थिक चलखेल गरेर मन्त्री बनाइन्छ भने यस्तो पार्टीमा कसरी बस्न सकिन्छ ?’ शाहीले भने, ‘पार्टीमा लागेर जेलनेल खाएको र मुगुमा पार्टी स्थापना गर्दै केन्द्रीय कमिटीसम्म पुगेको व्यक्तिमाथि यो भन्दा ठूलो अपमान केही हुँदैन’ ।

एमाले नेता शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए । मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन् । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन् ।

२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका शाही १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए । उनी यसअघि एमालेको कर्णाली अन्चल समन्वय कमिटी सदस्य थिए । पार्टीभित्र उनी माधव नेपाल खेमाका मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...