तीन भाईले अर्थ मन्त्री ताके पछी ओलीलाई मिलाउन समस्या,मन्त्री खान एमाले माओबादी यी नेताको यस्तो हानथाप



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि सबैभन्दा ठूलो तगारो बनेको जवज (जनताको बहुदलीय जनवाद) वा माओवादीले भन्दै आएको २१ औं शताब्दीको जनवाद भन्ने मार्ग निर्देशक सिद्धान्तको टुंगो महाधिवेशनबाटै लगाउने भएपछि अब पार्टी एकता हुने भएको छ ।

एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिलेलाई यत्ति बुझ्नुस् कि केन्द्रीय सरकार गठनमा अलमल नहोस् भनेरै यो नीति अपनाइएको हो, अब एक हप्ताभित्र एकताको नाममा सरकार विस्तार हुनेछ, माओवादी पनि समावेश हुनेछ ।’

यो आशापछि कार्यकर्ता उत्साही बने पनि केन्द्रीय सांसदहरुलाई फेरि मन्त्री बन्ने चक्करले तनाव दिएको छ ।

कसको दावेदारी के मा ?
एमालेका शिर्ष तहका नेताहरु महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीबीच अर्थ मन्त्रालयलाई लिएर टक्कर परेको छ । तीनै जनाको दावी परेपछि अहिले कसलाई अर्थ दिने भन्ने सकस भएको छ ।

तीनै जना यसअघि नै मन्त्री भइसकेका छन् । पौडेलले यसअघि ओलीकै नेतृत्वको सरकारमा अर्थ मन्त्रालय सम्हालेका थिए । कम पढेका भए पनि बजेट राम्रो ल्याएको भन्दै उनको प्रशंसा भएको थियो ।

पोखरेल पार्टीको बलियो पकडमा छन् । त्यसैले पनि यो पदका लागि उनले सजिलै छाड्ने छैनन् ।
त्यसैगरी सचिव ज्ञवालीले त पहिलो दिनमै सपथ लिने बुझिएको थियो । त्यतिबेला ‘उपत्यका बाहिर भएकाले ज्ञवाली उपस्थित हुन सक्नुभएन’ भनी तर्क गरिए पनि मन्त्रालयमै चित्त नबुझेपछि सपथ नलिएको बुझिएको छ ।

गोकर्ण विष्ट पनि मन्त्रालयका लागि हानथापमा छन् । गुल्मीबाट ज्ञवाली र विष्ट नै मन्त्री बन्ने बुझिन्छ । तर पोखरेल, पौडेल, ज्ञवाली र विष्टलाई समायोजन गर्न ओलीलाई टाउको दुखाइ भएको बुझिन्छ ।

त्यसैगरी आकांक्षी धेरै भएपछि कसलाई के दिने भन्नेमा ओली चिन्तित छन् । सामान्य प्रशासनमा राम्रो दख्खल बनाएका लालबाबु जनसंख्यामा थन्किनु परेको छ ।

यता, खेलकुदबाट एक्लो हस्तीका रुपमा रहेका जीवनराम श्रेष्ठ पनि खेलकुद मन्त्रालय सम्हाल्न इच्छुक छन् ।
उनी दुई पटक खेलकुद परिषदको सदस्यसचिव हुनुका साथै ओलम्पिक कमिटिका अध्यक्ष हुन् ।
अहिले जीवनराम जत्तिको अनुभवी खेल क्षेत्रको विज्ञ कोही हुन सक्दैन भन्ने अड्कल समेत काट्न थालिएको छ ।

माओवादीतर्फ को ?
माओवादीतर्फ पनि सरकारका लागि निकै कसरत भइरहेको छ । उच्च स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी सरकारमा जाने बुझिएको छ ।

बादलको मन्त्रालयको टुंगो नलागे पनि गृहमन्त्रीमा वर्षमान पुन अगाडि देखिएका छन् ।
तर जनार्दन शर्माले गृह नै ताके पछि फेरि अन्योल बढेको छ । महिला शक्तिका रुपमा पम्फा भुषाल देखिएकी छिन् ।
तर उनी के गर्ने भन्नेमा अन्योल रहेको बताइन्छ । टोपबहादुर रायमाझीसमेत अगाडि छन् । तर उनको सम्भावना कम रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...