राजनीति

प्रदेश प्रमुखको शपथग्रहण आज, शीतल निवासमा भव्य तयारी

देशका सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् । आज अपरान्ह ४ बजेसम्ममा राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदेश प्रमुखले शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपति विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।