प्रहरीका यी तीन भाईले नै ३३ किलो सुन लुटेको खुल्यो यस्तो तथ्य,२ करोड लिएर गोरे मार्न खोज्नुको यस्तो छ रहस्य



महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसीलाई चूडामणि उप्रती ‘गोरे’सहित उनको टोलीलाई जंगलमा लगेर ‘गोली हान्न’ आदेश दिएको अडियो सार्वजनिक भएपछि नयाँ तरंग छाएको छ ।

डीएसपी प्रजित केसीले आफ्नो मोबाइलमा सुरक्षित रहेको सो अडियो जिल्ला अदालत मोरङमा बुझाएको बताइएको छ । सोही अडियो अहिले सार्वजनिक भएको हो ।

अडियोमा लोहनी र केसीबीच भएको कुराकानीमा गोरेसहित तस्करीको टोलीलाई इन्काउन्टर गर्ने तयारी रहेको स्पष्ट हुन्छ । तर, गोरे भागेर भारत गएको र प्रहरीले झुक्याएर बोलाउँदा पनि नआएका कारण सबै योजना असफल भएको सो अडियोबाट बुझ्न सकिन्छ ।

डीएसपी केसीले एसएसपी लोहनीसँग भएको संवाद आफ्नो मोबाइलमा सुरक्षित राखेर पछि अदालतमा बुझाएको सरकारी अनसुन्धान समिति स्रोत बताउँछ ।

किन मार्न खोजियो ‘गोरे’को टोलीलाई ?
सामान्यतः प्रहरीको नियन्त्रणमा आइसकेपछि कसैलाई पनि गोली हान्न पाइँदैन । तर सनम शाक्यको हत्यापछि इटहरी पुगेको डीएसपी केसीको टोलीले सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न रहेकाहरुलाई ‘नक्कली इन्काउन्टर’ को योजना बनाएको समिति स्रोत बताउँछ ।

अनुसन्धान टोलीका एक सदस्यका अनुसार लोहनीको नेतृत्वमा महाशाखाको टोलीले नियोजित रुपमा हत्याको योजना बनाएको देखिएको छ । यसलाई समितिले गम्भीर रुपमा लिएको छ । यसले गर्दा अनुसन्धानको पाटो नै मोडिएको टोलीको प्रतिक्रिया छ ।

गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका एक सदस्यले ‘इन्काउन्टर’ गर्न खोज्नुको कारण यसरी खुलाए ।

‘पहिलो कारणः डीएसपी प्रतिज केसी एसएसपी लोहनीको निर्देशनअनुसार चलेको पाइएको छ । लोहनीकै योजनाअनुसार केसी २ करोड रुपैयाँ लिएर त्यसपछि गोरेलाई नै मार्न उद्यत रहेको देखिन्छ । गोरेलाई मार्दा मुख्य अभियुक्त नै मरिसकेको छ भन्दै घटना त्यसै सेलाउन सक्थ्यो ।

दोस्रो कारणः गोरेलाई मार्नुअघि सुन तस्करीमा संग्लन गिरोहको बारेमा जानकारी लिएर महाशाखाको टोली आर्थिक बार्गेनिङ गर्न चाहन्थ्यो । तर, गोरेले प्रहरीको चाल बुझेर आफूलाई सुरक्षित बनाए ।

तेस्रो कारणः यो प्रकरणमा जोडिएका कैयौं प्रहरी अधिकारी पनि त्यसपछि जोगिन्थे । यदि गोरेले अन्य प्रहरी उच्च अधिकारीको पोल र संग्लनता खोल्यो भने समस्या हुन्छ भन्ने पनि महाशाखाको टोलीलाई लागेको हुन सक्छ । लोहनीलाई सबै थाहा थियो भन्नेमा हामी ढुक्क छौं ।’

गायब भएको सुन कहाँ छ ?
अनुसन्धान टोलीले गायब भएको सुन महाशाखाका तत्कालीन एसएसपी लोहनी, डीएसपी केसी र सई बालकृष्ण सञ्जेलको सम्पर्क–सूचनामा हुनसक्ने अनुमान गरेको छ । समितिका ती सदस्य भन्छन्, “गोरेलाई मारेपछि सबै सुुन आफ्नो हुने सोचेर ‘फेक इन्काउन्टर’ को योजना बनाइएको देखिन्छ, यस्तो अवस्थामा सुन सम्भवतः लोहनीकै टोलीको सम्पर्कमा हुनसक्छ ।”

गोप्य अडियो नै बाहिरिएपछि लोहनीले आफूभन्दा माथिका अधिकारीको नाम पनि खुलासा गर्नसक्ने टोलीको अनुमान छ । गत माघ ९ गते भित्रिएको साढे ३३ किलो सुन गायब र त्यसैसँग जोडिएर भएको सनम शाक्यको हत्यापछि चर्किएको यो काण्डमा हालसम्म एसएसपी लोहनी, गोरेसहित ३१ जना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

गायब भएको सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवाल भने फरार छन् । ‘डिफ्युजन नोटिस’ जारी गरेर एमकेसँगै गोरेका भाइ रमेश उप्रेतीलगायत २९ जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
यसैबीचमा गृहमन्त्री रामबहादुर थापाले बुधबार पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा संलग्न ‘ठूला माछा’ पक्राउ पर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्