तीन महिनाको उधारो चेक निर्वाचन आयोगलाई दिदै नेकपाले १२५ नम्बरको प्रमाण पत्र पायो,चेक नसाटीए खारेज हुने



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी, नेकपाले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको छ । योसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा एक भएको प्रमाण पाएका छन् ।

निर्वाचन आयोगको बुधबार बैठकले एमाले र माओवादी एक भएको निर्णय गरेको हो । आयोगको बैठकको निर्णयबाट दुई पार्टीको एकीकरण भएर नेकपाका रुपमा दर्ता भएको आयोगले उल्लेख गरेको थियो ।

आयोगले बुधबार निर्णय गरे पनि नेकपाका नेताले बिहीबार आयोगमा गएर दल दर्ताको प्रमाण पत्र लिएका छन् । प्रमाण पत्र लिन नेकपाका विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ्गसहितका नेताहरु आयोग पुगेका थिए ।

यसअघि कहिले नाम त कहिले महिला सहभागिताको विषय पार्टी दर्ताको प्रक्रिया लम्बिएको थियो । आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ । जुन नेकपाको हकममा पनि लागू हुनेछ । नेकपा १२५ दल भएको छ।

आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको थियो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...