तीन महिनाको उधारो चेक निर्वाचन आयोगलाई दिदै नेकपाले १२५ नम्बरको प्रमाण पत्र पायो,चेक नसाटीए खारेज हुने



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी, नेकपाले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको छ । योसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा एक भएको प्रमाण पाएका छन् ।

निर्वाचन आयोगको बुधबार बैठकले एमाले र माओवादी एक भएको निर्णय गरेको हो । आयोगको बैठकको निर्णयबाट दुई पार्टीको एकीकरण भएर नेकपाका रुपमा दर्ता भएको आयोगले उल्लेख गरेको थियो ।

आयोगले बुधबार निर्णय गरे पनि नेकपाका नेताले बिहीबार आयोगमा गएर दल दर्ताको प्रमाण पत्र लिएका छन् । प्रमाण पत्र लिन नेकपाका विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ्गसहितका नेताहरु आयोग पुगेका थिए ।

यसअघि कहिले नाम त कहिले महिला सहभागिताको विषय पार्टी दर्ताको प्रक्रिया लम्बिएको थियो । आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ । जुन नेकपाको हकममा पनि लागू हुनेछ । नेकपा १२५ दल भएको छ।

आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको थियो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...