हिमानी संग हिमचिम बढे संगै ज्योतिषले राजा हुन्छस भने पछी पारसले लिन थाले यस्तो प्रशिक्षण



हाम्रो इकोनोमि

पूर्व युवराज पारश छोरा हृदयेन्द्र शाहलाई सँगै लिएर आज दिउसो मृगस्थली पुग्ने भएका छन्। तर, पहिलेजस्तो पुजाआजाका लागिमात्र नभई मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाम मृगस्थलीमा विभिन्न विषयमा कक्षा लिन जान लागेका हुन्।

छोरा हृदयेन्द्र र पूर्व शाही परिवारका अन्य परिवारसहित मृगस्थली जान लागेका पारशले ‘बृहत् आध्यात्मिक परिषदको पुस्तकालय’ को विशेष कक्षामा सम्मिलित हुनेछन्। त्यसक्रममा पारशले नौनाथ, गोरक्षनाथ, शाहवंश र गुरु गोरक्षनाथको अन्तर्सम्बन्ध, धर्मशास्त्र अनुसारको वैदिक चार सत्ताबारे जानकारी लिनेछन्।

यसैगरी नेपालमण्डल र गोरखा विस्तार, शाहवंशका देन, पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति, दिव्य उपदेश, महेन्द्र नीति, योगी नरहरिनाथ र मौलिक शिक्षा नीति, अर्थनीति तथा ईतिहासकालका अत्यन्त महत्त्वपूर्ण सामाग्री रहेको श्रव्यदृष्य पनि हेर्नेछन्।
पूर्व नवयुवराज हृदयेन्द्र र शाही परिवारका अन्य सदस्य आज मृगस्थली पुग्ने भएपनि पारशले विगत ४ दिनदेखि निरन्तर मृगस्थली गएर उपरोक्त विषयमा कक्षा लिइरहेका छन्। त्यहाँ आयोजित कक्षामा भएको ज्ञानबारे बिचार विमर्श र छलफल पनि हुने गरेको राष्ट्रिय सरोकार मञ्चका संयोजक सोमबिक्रम सिंहले बताए।

पारशसहित पूर्व राजपरिवारका सदस्यहरुलाई गुरु गोरक्षनाथ धाम अन्तर्गत बृहद आध्यात्मिक परिषदका अध्यापकहरुले कक्षा दिनेछन्। तत्कालिन राजा श्री ५ महेन्द्रको निर्देशन बमोजिम गठन भएको सो परिषदका संरक्षक महेन्द्र आफै थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...