ओली सरकारले तातो पुन्युले पिडुला डाम्ने चाल पाए पछी पाँचौ करोड घुस खाएका गोपाल खड्काले दिए राजिनामा



जग्गा खरिदको घोटालामा तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सरकारी सेवाबाट राजीनामा दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले बिहीबार राजीनामापत्र बुझाएका हुन्।

निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो।

मन्त्रालयमा उनलाई कुनै जिम्मेवारी दिइएको थिएन। उनको जागिर अवधि करिब ६ महिना बाँकी थियो। राम्रो काम गर्दागर्दै आफूलाई बदनियत राखेर जिम्मेवारविहीन गराएको भन्दै राजीनामा दिएको उनले बताएका छन्।

जग्गा खरिदको विषयमा तत्कालीन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता भएको टिप्पणी गरेका छन्। फिल्डमै खटिएको संसदीय समितिले निगमले चलनचल्ती भन्दा महँगो दरमा जग्गा खरिद गरेको, सार्वजनिक खरिद नियमावलीको प्रक्रिया अवलम्बन नगरेको र सार्वजनिक निकायका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया अवलम्बन नगरेको ठहर गरेको थियो।
महालेखाले पनि आफ्नो वार्षिक प्रतिवेदनमा अनियमितता भएको र जग्गा खरिदमा सार्वजनिक जग्गा अधिग्रहण गर्नुपर्नेमा उक्त प्रक्रिया मिचेर व्यक्तिसँग खरिद गरिएको उल्लेख गरेको थियो। जग्गा खरिदबापतको लाभकर समेत छलेको महालेखाको प्रतिवेदनमा भनिएको थियो।

स्थानीय प्रचलनमा रहेकोभन्दा ४ गुणा बढी रकममा जग्गा खरिद गरेर १ अर्ब ६१ करोड रुपैयाँ भ्रष्टाचार गरेको संसदीय समितिको अनुगमनमा देखिएको थियो। महालेखाले पनि अर्ब बराबरकै नोक्सान राज्यलाई भएको प्रतिवेदन दिएको थियो। अख्तियारको अनुसन्धान टोलीले पनि सोही बराबरकै बिगो कायम गर्ने सिफारिससहितको अनुसन्धानको फाइल निर्णयका लागि पठाएको थियो।

सरकारले निगमको कार्यकारी निर्देशकबाट खड्कालाई गत असोज २ गते बर्खास्त गरे पनि सर्वोच्च अदालतको आदेशले असोज २२ मा उनी पुनर्वहाली भएका थिए। वहाली लगत्तै उनलाई सरकारले आपूर्ति मन्त्रालयमा हाजिर गराएको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्