सरकारले यसरी प्रदेशमा आइजिपी नियुक्त गर्दैछ,प्रहरीमा अब ८ आइजिपी हुने
प्रदेश सरकारमातहत रहेर काम गर्ने निकायमध्ये संघीय संरचना बनाउनेमा नेपाल प्रहरी पहिलो बनेको छ । एक महिनाअघि नै प्रहरीले सातै प्रदेशमा प्रदेश प्रहरीको कार्यालय स्थापना गरिसकेको छ। सरकारले सातै प्रदेशमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअगाडि प्रदेश आइजिपी नियुक्तिको तयारी थालेको छ।