महरा सभामुखमा निर्बिरोध निर्वाचित,कांग्रेसले दियो ‘भद्र र शालिन’को उपाधी



हाम्रो इकोनोमि

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् ।सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वाचित भएका हुन् । सभामुखमा प्रमुख विपक्षी कांग्रेसले उम्मेदवारी दिएको थिएन । कांग्रेस नेता मिनेन्द्र रिजालले महरालाई ‘भद्र र शालिन’ नेताको संज्ञा दिंदै उनको नेतृत्वमा रहने संसदले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
महरा गएको प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...