डा. उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर
वरिष्ठ ‘न्यूरोसर्जन’ डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी परेका छन् । ‘न्युरो’ रोग सम्बन्धी उपचारमा अन्तर्राष्ट्रित रुपमै ख्याति कमाएका डा. देवकोटालाई दुर्लभ प्रकारको क्यान्सर रोग लागेको उनी निकट स्रोतले जनाएको छ । डा. देवकोटा यतिबेला लण्डनस्थित एक अस्पतालमा उपचाररत छन् ।