ब्यानर विवादले ओली र प्रचण्डलाई सभा गृहको कोठामा बन्दी बनायो,भेलामा पुगेको जत्था बद्रीको गीतमा रमायो



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रममा ब्यानरको विषयमा विरोध भएपछि अझै कार्यक्रम सुरु हुन सकेको छैन।

कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरे। त्यसपछि उक्त ब्यानर हटाइएको छ। ब्यानरको विषयमा विवाद उठेपछि १२ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अझै औपचारिक रुपमा सुरु भएको छैन।

औपचारिक कार्यक्रम सुरु हुन नसकेपछि लोकगायक बद्री पंगेनीले गीत गाएर उपस्थित नेता कार्यकर्तालाई मनोरञ्जन दिइरहेका छन्। उनले ‘प्रचण्ड र ओली, नफेर है त्यो बोली’ बोलको गीत गाएर समय उपस्थित नेता-कार्यकर्तालाई भुलाइरहेका छन्।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम स्थलबाट ब्यानर झिकिएपछि पनि प्रदर्शन रोकिएको छैन। उनीहरुले ब्यानरबिना कार्यक्रम गर्न नदिने जनाएका छन्। सभागृहको भिआइपी रूममा बसेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माअाेवादी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम हुने सभाहलमा आउन सकेका छैनन्।

ब्यानरमा पुष्पलाल, मदन भण्डारी र मनमोहनको फोटो र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तस्बिर राखिएको थियो।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...