पार्टी एकताका लागी जुराएको साईतमा अखिल र वाइसीएल बीच हानाहान,ओली र प्रचण्डनै परे निशानामा



हाम्रो इकोनोमि

एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ ।

माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो । कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर हुटिङ गरेपछि त्यसमा माओवादी कार्यकर्ताले साथ दिएका थिए ।

ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखेर आफ्नो पार्टीको अपमान गरिएको भन्दै कार्यक्रम शुरु हुन अघि उनी मञ्चमा गएर विरोध गरेपछि माओवादी कार्यकर्ताहरुले त्यसमा समर्थन जनाउँदै हुटिङ गरेका थिए ।

यतिबेलासम्म प्रधानमन्त्री केपी ओली, , माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरु मञ्चमा आइपुगेका थिएनन् ।

हुटिङ जारी राखेपछि उर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले यो कार्यक्रम दुवै पार्टीले सहमतिमा आयोजना गरेको र यस्ता प्राविधिक विषयलाई ठूलो नबनाउन आग्रह गरेका थिए । पुनको आग्रहपछि पनि माओवादी कार्यकर्ताले हुटिङ गर्न छाडेनन् ।
त्यसपछि ब्यानरलाई त्यहाँबाट हटाएर उल्टो पारेर राखेपछि मात्र माओवादी कार्यकर्ताहरु शान्त बनेका थिए ।

तर, त्यसपछि आपत्ति जनाउने पालो एमाले कार्यकर्ताको थियो । अखिल महासचिव ऐन महरले मञ्चमा पुगेर ब्यानर हटाइएको विषयमा आपत्ति प्रकट गरेका थिए ।

‘ब्यानर किन बनाइयो ? र, अहिले किन हटाइयो । हामी हुटिङ गर्दैनौँ । तर, ब्यानर बिना कार्यक्रम गर्न दिँदैनौँ,’ महरले भने ।
सभाहलमा समाचार तयार पार्दासम्म तनाव जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...