एमाले–माओवादी बिच भाडभैलो,कसले बन्द गर्यो सभा गृहको दैलो



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रम हुने नहुने अनिश्चित बनेको छ।

कार्यक्रमस्थलमा पक्ष विपक्षमा नारावाजी सुरु भएपछि १२ बजेदखि सुरु हुने भनिएको कार्यक्रम साढे १ बज्दापनि दुबै पार्टीका शीर्ष नेताहरु पुगेका छैनन्।
कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा टाँगिएको बोर्ड फेरि माओवादी पक्षले झारेपछि र दुबै पक्षका कार्यकर्ता समर्थक पक्ष विपक्षमा नारावाजीमा उत्रिएपछि कार्यक्रम अनिश्चित बन्न पुगेको हो।

कार्यक्रमस्थलको मञ्चमा टाँगिएको बोर्डमा एमालेका दिबंगत अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको माग तस्वीर देखेपछि माओवादी पक्ष आक्रोसित बनेको थियो।
त्यसमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि तस्वीर भएपनि लेनिनको समेत तस्वीर नभएकोमा माओवादीको असन्तुष्टि छ।

माओवादी असन्तुष्टि र नारावाजीपछि सो बार्ड निकालिएको थियो। त्यसपछि एमाले समर्थकहरुको हुटिङ सुरु भयो।
निकालिसकिएको बोर्ड एमाले समर्थकहरुको नारावाजीपछि फेरि मञ्चमा टाँग्न न टाँगियो। तर, माओवादी पक्षले नारावाजी सुरु गर्‍यो।यस्तै नारावाजीका बीच उर्जामन्त्री समेत रहेका माओवादी केन्द्रका नेता बर्षमान पुन मञ्चमा पुगे। उनी त्यो दृष्य हेरेर फर्केका छन्।

माओवादी पक्षको दोस्रो पटकको आपत्तिपछि हटाइएको बोर्ड मञ्चको एक छेउको भुइँमा राखिएको छ।
यो घटनाका कारण दुबै पार्टीका उपल्ला नेताहरु कार्यक्रमस्थल वरिपरि देखिएका छैनन्। त्यस्तो बोर्ड मान्य नहुने भन्दै माओवादी पक्षले नारावाजी गरिरहेको छ।

नयाँ बोर्ड बनाउन समय लाग्छ। यदि बोर्ड नै प्रयोग नगरी कार्यक्रम गरियो भने भिन्दै कुरा, नत्र कार्यक्रम नै नहुनपनि सक्छ।
अथवा नयाँ बोर्ड बनाएर ढिलो गरी कार्यक्रम गरिनपनि सक्छ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...