सुनकाण्डमा पूर्व आइजी प्रकाश अर्याल जेल जाने यसरी भयो पक्का,भगौडा सैनिक संग मिल्दा इज्जतमै लाग्यो धक्का



पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्याललाई भगौडा सैनिक जवान चूडामणि उप्रेती उर्फ गोरेसँगको संगत निकै महँगो बनेको छ । प्रहरीकै सहयोगमा उर्लाबारी निवासी सनम शाक्यको हत्यापछि सुरु भएको अनुसन्धानमा पूर्वआइजिपी अर्यालमाथिसमेत बयान लिने गृहकार्य अघि बढेपछि उनीसँगको संगत महँगो साबित भएको हो ।

तस्करीको ३३ किलो सुनसम्बन्धी विवादमा गत १८ फागुनमा धरानमा हत्या गरिएका शाक्यको मृत्यु प्रकरणसँग जोडिएका सई बालकृष्ण सञ्जेललाई हिरासतमा लिएर अनुसन्धान गर्नुका साथै छानबिन समतिले पूर्वआइजिपी अर्यालसहित केही वरिष्ठ अधिकारीलाई बयानमा बोलाउन लागेको हो ।

उच्च स्रोतका अनुसार गृह मन्त्रालयबाट गठित विशेष अनुसन्धान टोलीको निर्देशनमा सञ्जेललाई नक्सालस्थित प्रहरी मुख्यालयसँगै रहेको एक नम्बर गणमा थुनामा राखिएको छ ।

अनुसन्धानका लागि करिब एक हप्तादेखि सञ्जेललाई थुनामा राखिएको हो । छानबिन समितिका एक सदस्यका अनुसार शाक्य हत्यामा सहयोगीको भूमिका देखिएपछि सई सञ्जेललाई मुद्दामा प्रतिवादीको रूपमा पेस गर्ने तयारी भइरहेको छ ।

छानबिन समितिले हालसम्म सो घटनामा २० जनालाई पक्राउ गरिसकेको छ भने एसएसपी दिवेश लोहनी, श्यामबहादुर खत्री, डिएसपीहरू प्रजित केसी, सञ्जयबहादुर राउत, पूर्वआइजिपी अर्याल, पूर्वडिआइजी गोविन्दप्रसाद निरौलालाई अनुसन्धानको दायरामा तानेको छ ।

‘उहाँहरू सबै अनुसन्धानको दायरामा पर्ने देखियो, चाँडै बयानका लागि बोलाइन्छ,’ छानबिनमा संलग्न अर्का अधिकारीले भने । उनका अनुसार पूर्वआइजिपी अर्यालसँग केही दिनभित्रै बयान लिने तयारी भइरहेको छ । सो तस्करी काण्डमा विमानस्थल भन्सार कार्यालयका उच्च अधिकारीसमेत तानिएका ती अधिकारीले बताए ।

सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना विशेष अनुसन्धान टोली गठन गरेको थियो । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित अनुसन्धान टोलीले अहिले सो विषयमाथि गहन अनुसन्धान अघि बढाइरहेको छ ।

‘संगठित अपराध निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७०’ को ‘दफा १२’ बमोजिम गठित ९ सदस्यीय टोलीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृहका उपसचिव भावेश्वर पाण्डे, कानुन अधिकृत भोजराज दाहाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरि रेग्मी, एसएसपी वसन्तकुमार लामा, डिएसपी सुदीपराज पाठक, इन्स्पेक्टर भीष्म हुमागाईं र सई सुमन कार्की सदस्य छन् ।

अनुसन्धान टोलीले गत २० र २१ चैतमा महानगरीय अपराध महाशाखाका तात्कालीन एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई मन्त्रालय बोलाएर बयान लिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूको भूमिका शंकास्पद देखिएपछि गृहसचिवस्तरीय निर्णयबाट एसएसपी लोहनी, डिएसपी केसी र सई सञ्जेललाई जिम्मेवारीमुक्त गरिएको थियो ।

अनुसन्धानका क्रममा उप्रेतीले करिब ३ वर्षदेखि तस्करीको सञ्जाल चलाउँदै आएको र उनलाई उच्चपदस्थ कर्मचारी तथा प्रहरीहरूले साथ दिएका तथ्यसमेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्