देउवालाई बिगतमा ज्यान दिनेले यसरी सराप्न थाले,अति गरे पछी केबी गुरुङले देउवा बिरुद्द यस्तो कदम चाले



नेपाली कांग्रेसका नेता कुल बहादुर गुरुङले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति शेरबहादुर देउवालाई पार्टी सभापति हुँदा दिएको समर्थन फिर्ता लिएको बताएका छन्। ‘मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको वैठकलाई दुःखपुर्वक सुनाउँदछु’  भन्दै गुरुङले जानकारी दिए।

उनले सभापति देउवालाई पर्चण्ड पुत्रीलाई भोट मागेको , न्यायलयको गरिमामा चोट पुर्‍याएको, पार्टि सिद्धान्त बिपरित ब्यापक रुपमा गुटलाई प्रोत्सहान गरेको आदी आरोप लगाउँदै सभापतिमा समर्थन गरेकोमा मर्महात भएको जनाएका छन्।

उनले निर्वाचनमा पराजयको समिक्षा बारे यसो भने – ‘पार्टी पराजयको यो अत्यन्त गंभीर अवस्थामा त्यसको समीक्षा गर्न वसेको केन्द्रिय कार्यसमितिको वैठकले यसका यथार्थ कारणहरु पत्ता लगाउने भन्दा समस्यालाई पन्छाउने उद्देश्यले केवल महाधिवेसन वा महासमितिको वैठकको कुरा उठाइएको हो भन्ने मलाई महशुस भएको छ । एक हप्ता देखि जारी यो केन्द्रीय कार्यसमितिको वैठकले नेपाली कांग्रेसको पराजयको विषयमा यथार्थपरक ढङ्गबाट समीक्षा गर्न असमर्थ रहने अवस्थामा त्यसको समीक्षा महाधिवेशन वा महासमितिबाट संभव रहँदैन । पार्टीको तीनै तहमा भएको लज्जाष्पद पराजयको सम्पुर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।’

प्रेस बिज्ञप्ति मार्फत गुरुङले भनेका छन् – ‘१३ औं महाधिवेशनमा म समेत देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय वनेका शेरबहादुर देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्त विपरित पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्ने, पार्टी विधान बमोजिम दुई महिना भित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने, विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिले पूर्ण रूपमा व्यवास्ता गरी पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भातृसंस्थाहरूलाई सशक्त वनाइ परिचालन गर्न नसकेको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगपालिकामा पार्टीको सिद्धान्त, नीति विपरित पार्टीको कार्यसमितिलाई पनि छलेर देउवाजीको सत्ता केन्द्रित मोहबाट अभिप्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीलाई जिताउन हँसिया हथौडामा भोट मागेको, प्रजातान्त्रिक मूल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धति प्रति पार्टीको अटुट आस्था र विश्वासको भावनामा चोट पुग्ने गरी पार्टी सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट स्वतन्त्र न्यायालयको गरिमा प्रति पुग्न गएको चोट, सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बने पछि बीबीसी साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गंभीर क्षति लगायतको कार्यबाट १३ औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक वसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु । अतहः मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिव दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्वाह नराखी मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको वैठकलाई दुःखपुर्वक सुनाउँदछु । ‘

गुरुङले कांग्रेस एकदम अफठ्यारो स्थितीमा रहेकोले आफू राजनीतिमा सक्रीय रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्