सातै प्रदेशले यस्तो आकारको बजेट आज सार्बजनिक गर्दै,हेर्नुहोस् कुन प्रदेशमा कति बजेट
आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउँदै छन्। असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेश बजेटको अन्तिम तयारी गरिरहेका छन्। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक गठन भएका प्रदेश सरकारहरूको यो पहिलो बजेट हो।