पूर्वराजाले काठमाडौंमा जन्मदिन नमनाउने, लागे नेपालगन्ज तिर, कसलाई भेटदैछन त्यहाँ



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको जन्मदिन काठमाडौंमा नमनाउने भएका छन् । दुई हप्ता लामो ‘टुर’का लागि नेपालगन्ज जान लागेका पूर्वराजाले उतै जन्मदिन मनाउने भएका हुन् ।

उनी असार २० गते नेपालगन्ज जाँदैछन् । उनका साथमा श्रीमती कोमल पनि जाने निजी सचिवालयले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन भने असार २३ गते पर्छ ।

पूर्वराजाले नेपालगन्जको सोल्टि होटलमा जन्मदिन मनाउने तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ । यसअघिका वर्षहरुमा उनले निर्मल निवासमा जन्मदिन मनाउदै आएका थिए ।

उनी असार २३ बाट ७२ वर्षमा प्रवेश गर्नेछन् । साताव्यापी जन्मोत्सव मनाउने गरि काठमाडौंमा यज्ञप्रसाद आचार्यको अध्यक्षतामा ३५ सय ७२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...