तत्कालिन माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडा बेचिदै, २१ आना जमिन आजभोलि नै पास गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले भोगचलन गर्दै आएको कोटेश्वर पेरिसडाँडामा रहेको जमिन बेचिन लागेको छ। पेरिसडाँडामा तत्कालिन माओवादीले भोगचलन गर्दै आएको जमिनमध्ये अखिल नेपाल ट्रेड युनियन महासंघले उपभोग गर्ने गरि राखिएको २१ आना जमिन बिक्री हुन लागेको हो।

प्रदेश नम्वर ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जमर्कट्टेलको प्रत्यक्ष निर्देशनमा सो जमिन बिक्री गर्न लागिएको हो। माओवादी मजदुर संगठनले उपभोग गरेको सो जमिन जमर्कट्टेलकै एक विश्वासपात्रको नाममा पास गरिएको थियो।

सो जमिनको वैनावट्टा भइ आजभोलि नै पास गर्ने तयारी भएको जमिन किन्न तयार भएका मध्येका एकले बताएका छन्। तत्कालिन माओवादी निकट ट्रेड युनियनको अध्यक्ष समेत रहेका जमर्कट्टेलले सो जमिन ट्रेड युनियनको नाममा ल्याउन पहल गरेका थिए। त्यसबेला तत्कालिन माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र भएर उनले काम गरेका थिए।

नेकपा एमाले र माओवादी एकिकरण भइ नेपाल कम्युनिष्ट पाार्टी(नेकपा) बनेपछि दुबै पार्टीको केन्द्रीय कार्यालयमा पार्टी र जनवर्गीय संगठनको कार्यालय सञ्चालन हुँदै आएको छ।

दुई पार्टीहरु आफ्नो आफ्नो पार्टीको सम्पतीको हिसावकितावमा गर्न समेत लागेका छन्। पार्टीसँग रहेका सम्पतिको हिसावकिताव गर्ने क्रम चलिरहेका बेला पेरिसडाँडामा रहेको २१ आना जमिन बिक्री हुन लागेको थाहा पाएपछि तत्कालिन नेकपा एमालेका नेताहरु पनि आश्चर्यमा परेका छन्।

ट्रेड युनियनको वाँकी बक्यौता तिर्ने नाममा जमिन बिक्री गर्न लागेको भनेर जमर्कट्टेलले पुरानो पार्टी नेतृत्वलाई सम्झाएका छन्।

ट्रेड युनियनका अध्यक्ष गणेश रेग्मी समेत जमिन बिक्री गर्ने जमर्कट्टेलको योजनामा सहयोगी भएका छन्। उपाध्यक्ष जय कार्की, महासचिव जगत सिंखडा सहित अहिलेसम्म बेच्न मानेका छैनन। यसकारण बिक्रीमा केहि ढीलाई भएको स्रोतको दावी छ।

बाहिर कारण जे देखाए पनि पार्टी तथा ट्रेड युनियनको सम्पति बिक्रीको भित्री उद्धेश्य भने त्यसबाट प्राप्त हुने अतिरिक्त लाभ नै रहेको नेकपा भित्र चर्चा हुन थालेको छ।

दुई पार्टी एक भइसकेपछि सबै सम्पति तथा दायित्वको जानकारी पार्टी नेतृत्वलाई गराई त्यसका आधारमा निर्णय लिनपर्नेमा त्यसो नगरि एकलौटी ढंगले संस्थाको सम्पति बिक्री गर्न खोजेकोमा नेकपा भित्र तीब्र असन्तुष्टी छ। यसको मौखिक उजुरी पार्टीको उच्च नेतृत्वलाई समेत गराइएको एक केन्द्रीय सदस्यले  बताए।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...