यी हुन मिटर ब्याजमा एक लाखको दिनको १००० ब्याज लिने मनुवा, लाइसेन्सधारी हतियारको बलमा यसरी असुल्छन ब्याज



हाम्रो इकोनोमि

 

सुरक्षाको खतरा देखाउदै निजी तवरमा लाइसेन्स लिएर राखिएका हतियार गैरकानुनी काममा प्रयोग हुन थालेको देखिएको छ । निजी सुरक्षाका लागि भन्दै सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति मागेर प्रयोग भईरहेको हातहतियार हप्ता उठाउन, धम्क्याउन प्रयोग हुन थालेको भेटिएको हो ।

अनुमति लिनेहरु पछिल्लो समय धमाधम प्रक्राउ पर्न र उनिहरुले प्रयोग गरेका हतियार गलत कार्यमा संलग्न भएको पुष्टि भएपछि जिप्रकाले खारेज गर्न थालेको छ ।

इताजत प्राप्त हतियारको आडमा अपराध तथा त्रास फैलाउने काम भइरहेको गुनासो तथा उजुरी बढ्दै गएपछि महानगरीय अपराध महाशाखाले हतियार खोस्न शुरु गरेको हो । पछिल्लो पटक महाशाखाको टोलीले मंगलबार इजाजतप्राप्त एक जनालाई नियन्त्रणमा लिइ अत्याधुनिक हतियार बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुर घर भई हाल ललितपुरको भनिमण्डल बस्दै आएका महेशबहादुर सिंहलाई २ थान सटगन, ४ थान राइफल र १ सय ३६ थान गोलीसहित नियन्त्रणमा लिएको हो । हतियारको दुरुपयोग गरी अपराधिक गतिविधि गर्दै हिडेको सूचनाको आधारमा सिंहलाई नियन्त्रणमा लिएको महाशाखा एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

गुण्डागर्दी गर्दै आएका सिंहसँग भएका लाइसेन्स प्राप्त हतियारको अनुमति रद्द गरी सरकारी कोषमा दाखिला गरिएको प्रहरीले जनाएको छ । मानव अपहरण तथा वन्यजन्तुका अंगहरुको तस्करीसम्बन्धी मुद्दा लागेका व्यक्ति समेत हुन् । त्यस्ता व्यक्तिलाई हतियार राख्ने अनुमति दिइएकोमा प्रहरी समेत आफै आश्चर्यमा परेको छ ।

हातहतियार तथा खरखजाना ऐनअन्तर्गत जिप्रकाबाट हतियार लिएका सिंहले हतियार देखाएर विभिन्न व्यक्तिलाई त्रासमा पार्ने, ठेक्का कब्जा गने, पैसा कर्जा दिएर चर्को ब्याज असुल्ने कार्य गर्ने गरेको पाइएको बताएको छ ।

पछिल्लो समय प्रहरीले गुण्डागर्दी र तस्करीमा प्रयोग भईरहेका हतियारको लाइसेन्स रद्ध गरिरहेको छ । चर्को ब्याज लिने बलराम सापकोटाको काठमाडौंमा १३०६३ दर्ता नम्बर रहेको एक सय थान गोलीसहित २२ बोरको बन्दुक एक थान र १२ बोरको बन्दुक एक थानको लाइसेन्स रद्ध गरेको छ । सापकोटाले छलेर प्रहरीलाई एउटामात्र हतियार रहेको बताएपनि जिप्रकामा दुई वटा भेटिएपछि दुवैको रद्ध गरिदिएको छ ।

यसैगरी, अपराध महाशाखाले जग्गा व्यवासायी वीरेन्द्रलाल श्रेष्ठ, ठकेदार आङकाजी शेर्पा, सुन तस्कर भुजुङ गुरुङको हतियारको लाइसेन्स पनि खारेज गरिदिएको छ ।

प्रहरीका अनुसार उनिहरुले लाइसेन्सवाला हतियार लिएकै आडमा कैयौँ पटक धाक धम्की दिँदै गुण्डागर्दी गरेको उजुरी प्रहरीसँग छ ।

हतियार त्यसमा लाग्ने गोली गनेर जिप्रकाले लाइसेन्स दिने गरेको छ । पछि पुन नविकरण गर्दा ति गोली र खर्च भए केमा खर्च ग¥यो भनेर देखाउनुपर्ने हुन्छ ।

तर प्रहरीका अनुसार उनिहरुले बेलाबखतमा गोली चलाउने गरेपनि पुराना गोली नै खर्च नगरी अवैध गोली हाल्ने गरेको अनुसन्धानबाट पत्ता लागेको बताएको छ ।

उपत्यकामा मात्र १४ हजार बढि हतियार रहेको देखिएको छ । लाइसेन्स लिएर हतियार राख्ने अधिकांशले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएका छन ।

काठमाडौंबाहेक ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ९ सय १६ जनाले हतियार राख्ने लाइसेन्स लिएका छन । उनिमध्ये केही व्यक्तिले ३ वटासम्म हतियार राखेका कारण ललितपुरबाट १ हजार १ सय ९८ वटा हतियारका लागि लाइसेन्स वितरण भएको देखिएको छ ।

भक्तपुरको जिल्ला प्रशासन कार्यालयबाट भने हालसम्म जम्मा ५० वटा मात्रै हतियारको लाइसेन्स प्रदान गरिएको जनाएको छ । यद्यपी तीन वटै जिल्लामा अन्य कति हतियार छन् भनेर लेखाजोखा समेत छैन ।

सुरक्षा खतरा भएका व्यक्तिहरूलाई व्यक्तिगत हतियार राख्न दिने नीति भए पनि कतिपयले ‘शान’का लागि हतियार राखेका छन भने कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको लाइसेन्स र नामसारी गराएका छन । तर कतिपय व्यक्तिले भने ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि पनि लाइसेन्स लिएर हतियारको प्रयोग गरेको प्रहरीले भेट्टाएको छ ।

कानुनतः लाइसेन्स लिएको भए पनि सार्वजनिक स्थानमा हतियारको प्रदर्शन गर्न पाइँदैन । हतियारको आडमा कसैलाई धम्क्याउन, तर्साउन पनि पाइँदैन ।

तर गुण्डा, तस्कर र ठेकेदारहरूले लाइसेन्सवाला हतियारको आडमा धम्क्याउने र तर्साउने गरिरहेपनि प्रहरीले थप अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । गलत भेटिए लाइसेन्स रद्ध गरी कानुनी प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...