विश्वकप नकआउट चरणका लागि नयाँ बल तयार, बलमा के के संकेत छन् ?



हाम्रो इकोनोमि

रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा नयाँ बल प्रयोग हुने भएको छ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ ।

अहिले समूह चरणका खेलमा कालो र सेतो रहेको एडिडासको टेलस्टार १८ बल प्रयोग भइरहेको छ । यस्तो खालको क्लासिक बल ४८ वर्षपछि यो विश्वकपमा प्रयोग भइरहेको हो ।

अब नकआउट चरणका खेलमा टेलस्टार मिस्टा बल प्रयोग हुनेछ । एडिडासले यो बल तयार पारिसकेको छ । नकआउट चरणमा प्रयोग हुने बलमा सेतोमा रातो र केही कालो रंगको डिजाइन गरिएको छ ।

यो रंग रुसको आधिकारिक रंगबाट प्रभावित भएको जनाइएको छ ।

यस्तै बलको रंगले नकआउट चरणमा बढ्दै गएको खेलको गर्मीलाई पनि संकेत गर्नेछ । रुसी भाषामा मिस्टाको अर्थ सपना हुन्छ । यो नयाँ बल आउँदो शनिबार हुने खेलमा पहिलो पटक प्रयोग हुनेछ । समूह चरणमा प्रयोग भएको बल।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...