मुख्य खबर

नारायणगढ–मुग्लिन सडक खण्डमा ५० मिटर लामो पहिरो, आज दिनभर नखुल्ने

चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।   प्रहरीले बिहान ५ः३० बजेतिर पहिरो खसेको अनुमान गरेको छ ।