अदालतले काम गर्न पठाएका दिगम्बर झा आफै गले, मुद्दा फिर्ता दिन दिए निवेदन



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले काम गर्न पठाएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मुद्दा फिर्ता दिन शुक्रबार निवेदन दिएका छन्।

 

सर्वोच्चले बिहिवार अन्तरकालिन अन्तरिम आदेश दिएर झालाई तत्काल काममा फिर्ता गरेको भोलिपल्टै शुक्रवार आफूले दायर गरेको रीट फिर्ताको लागि निवेदन दिएका हुन्।

 

झाले दायर गरेको निवेदनमा आइतवार पेशी हुने र अदालतले रीट निवेदकलाई मुद्धा फिर्ता लिन सक्ने आदेश गरेपछि मुद्धा फिर्ता हुने बताइएको छ।

अदालतको वन्दोवस्तीको ९२ बुँदाले यस किसिमको घटनामा मुद्धा फिर्ता लिने व्यवस्था गरेको छ।

 

झाले आफूले अस्थायि रुपमा न्याय पाएपनि ३ गतेको पेशीबाट पूर्ण रुपमा न्याय पाउने आश रहेको बताएका थिए। तर उनले मुद्धा फिर्ता लिन किन निवेदन दिए भन्ने बारेमा भने उनी मौन छन्। उनको मोवाइल समेत बन्द रहेको छ। स्रोतका अनुसार उनीमाथि परेको विभिन्न खाले दवाव पछि अदालतले न्याय दिदा दिदै पनि उनी मुद्धा फिर्ता लिन वाध्य भएका हुन्।

 

सरकारले प्रक्रिया तथा कार्यविधि पुरा गरेर नियुक्त भएकाहरुलाई समेत समयवाधि बाँकी हुँदै हटाइएको भन्दै  न्याय माग्न सर्वोच्च पुगेका झालाई  बिहिबार सर्वोच्चले  रिटमा सुनुवाई गर्दै  प्राधिकरण काममा फर्कन अनुमति दिएको थियो ।

 

सरकारले दिएको अवकाश गैरकानुनी भएको भन्दै सर्वोच्चमा दायर भएको रिटमा न्यायधिश पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई भएको थियो ।

 

सुनुवाइ पछि न्यायधिश भण्डारीको इजलासले उनीनलाई तत्काल काममा फर्काउन आदेश गर्दै रिट निवेदक र विपक्षी सरकार पक्षलाई साउन ३ गते छलफलमा आउन आदेश दिएको थियो  ।

 

५ वर्ष प्राधिरकणको नेतृत्व सम्हालेका झालाई  देउवा सरकारले पुन: जिम्मेवारी दिएको थियो । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उनैलाई फेरि नियुक्त गर्न भन्दै मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए ।

 

गएको असार २० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछिको भन्दै तत्कालीन देउवा सरकारका पालामा भएका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...