संसदीय दलको नेता चयनमा राजपामा भनाभन, महन्थ र राजेन्द्रको बोलचाल बन्द



हाम्रो इकोनोमि

 

संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । चुनाव सकिएको सात महिना भइसक्दासमेत राजपाले दलको नेता चयन गर्न सकेको छैन ।

 

पटक पटक बसेको संसदीय दल र राजनीतिक समितिको बैठकमा दलको नेता चयनबारे छलफल भए पनि अहिलेसम्म निर्णय हुन सकेको छैन । संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदा दलको नेता चयन हुन नसकेको हो ।

 

नेता चयनका लागि शनिबार (आज) चुनाव हुने भनिए पनि फेरि सहमितका लागि भन्दै तीन सयम थप गरिएको सांसद एकवाल मियाँले जानकारी दिए । उनका अनुसार मंगलबारसम्म सहमतिमै नेता चयन गर्ने प्रयास हुनेछ ।

 

पार्टीभित्र सहमतिमै दलको नेता चयन गर्न दबाब परे पनि ठाकुर र महतो दुवै पछि नहट्दा शनिबार नेता चयन हुन नसकेको हो । दलको बैठक शनिबार दिउँसो सिंहदरबारमा बोलाइएको छ । राजपाबाट प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...