इंगल्याण्ड र बेल्जियमबीचकाे खेलमा गाेल्डेन बुटका लागि प्रतिस्पर्धा



हाम्रो इकोनोमि

 

रुस विश्वकपमा शनिबार तेस्रो स्थानको लागि इंगल्याण्ड र बेल्जियमको विरुद्धमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे यी दुई टोलीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । विश्वकपको अन्तिम खेल हुनुभन्दा एक दिनअघि हुन गइरहेको यो खेलले यो प्रतियोगितामा सबैभन्दा बढी गोल गर्दै गोल्डेन बुट पाउने खेलाडीको चयन गर्ने सम्भावना रहेको छ ।

 

विश्वकपको उपाधि हासिल गर्ने लक्ष्यका साथ आएका दुई टोलीहरुको बीचमा शनिबार हुन गइरहेको तेस्रो स्थानको खेल निकै महत्वपूर्ण हुनसक्ने देखिन्छ । पहिलो सेमिफाइनलमा फ्रान्ससँग हारेको बेल्जियम र दोस्रो सेमिफाइनलमा क्रोएसियाले अतिरिक्त समयमा पराजित गरेको इंगल्याण्डको बीचमा तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुन गइरहेको हो ।

 

यी दुवै टोली एउटै समुहबाट आएका टोलीहरु हुन् । समुह जीबाट पहिलो हुँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको थियो भने इंगल्याण्ड उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको थियो । शनिबारको खेलमा जित हासिल गर्न सकेको खण्डमा इंगल्याण्डले विश्वकपमा सन् १९६६ यताकै सबैभन्दा राम्रो विश्वकपको नतिजा हासिल गर्नेछ ।

 

जतिबेला उसले जुलेस रिम्याट ट्रफी जितेको थियो । यसअघि सन् १९९० मा इंगल्याण्ड सेमिफाइनलमा पुगेको थियो तर उसले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने गुमाउन पुगेको थियो ।

 

बेल्जियमका लागि भने शनिबारको खेल निकै महत्वपूर्ण हुनेछ । शनिबारको खेलमा जित हासिल गर्न सकेको खण्डमा बेल्जियमको लागि यो विश्वकप निकै सुनौलो बन्नसक्ने देखिन्छ ।

 

अहिलेसम्म यी दुई टोलीको बीचमा २२ पटक प्रतिस्पर्धा भएको छ । जसमा १५ खेलमा इंगल्याण्ड विजयी भएको छ भने दुई खेलमा बेल्जियमले जित हासिल गरेको छ । पाँच खेल बराबरीमा सकिएको छ । यो विश्वकपको समुहचरणमा भएको खेलमा बेल्जियमले इंगल्याण्डलाई हराएको थियो ।
शनिबारको खेलले विश्वकपमा गोल्डेल बुट कसले पाउने भन्ने कुराको पनि निक्र्योल गर्नेछ । शनिबारको खेलमा यो विश्वकपमा सबैभन्दा बढी गोल गर्ने ह्यारी केन र रोमेलु लुकाकुजस्ता खेलाडीहरु मैदानमा उत्रिने भएको कारण पनि यसमा गोल्डेन बुटको छिनोफानो हुनसक्ने देखिएको हो । अहिलेसम्म इंगल्याण्डका ह्यारी केनले ६ गोल गरेका छन् ।

 

शनिबारको खेलमा उनले कुनै गोल गर्न नसकेको र लुकाकुले ह्याट्रिक पूरा गरेको खण्डमा उनी गोल्डेन बुटका लागि दाबेदार हुनेछन् । लुकाकुले ४ गोल गरेका छन् । फ्रान्सका कायलिन एमबाप्पे र एन्टोनी ग्रिजम्यानले समान ३/३ गोल गरेकाले आइतबारको खेलमा उनीहरुको पनि गोल्डेन बुट पाउने सम्भावना भने कायम रहनेछ ।

 

केनले शनिबार १ गोल मात्र गरेको खण्डमा पनि उनी सन् २००२ यता विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्नेछन्, जतिबेला रोनाल्डोले ८ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...