छविलाल निर्दोष छन् , केही दिनभित्र निर्दोष सावित हुन्छन् : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फुजेल घटनाका आरोपि छविलाल पौडेल निर्दोष रहेको जिकिर गरेका छन्  । शुक्रबार चितवनमा विभिन्न सडकको शिलान्यास गर्ने क्रममा उनले सो बताएका हुन् ।

 

अनसनरत डा. गोविन्द केसीप्रति आवश्यक लचकता अपनाएर वार्ता गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले फुजेल घटनामा न्यायालयको फैसलाको सम्मान गर्ने बताए ।  अध्यक्ष दाहालले भने, “हाम्रो विचारमा छविलाल निर्दोष छन्, केही दिनभित्र निर्दोष सावित हुन्छन् ।”

 

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको अभियोगमा छविलाल पौडेललाई पुर्पक्षका लागि चलान गरिएको छ  । सर्वोच्च अदालतमा आत्म समर्पण गर्न पुगेका पौडेललाई सदरखोर डिल्लीबजारमा राखिएको छ ।

 

कृष्णप्रसाद हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ साल बैशाखमा धरौटीमा छाडेकोमा पुनरावेदन अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २०७२ साल पुसमा जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै पौडेललाई थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।

 

छविलाल पौडेल लगायतलाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी लामो समयदेखि अनसनमा छिन् । पछिल्लो पटक गंगामाया शहीद दिवसका दिनदेखि वीर पतालमा आमरण अनसनमा छिन् । उनको अहिले आईसीयुमा राखेर उपचार भईरहेको छ ।

 

गंगामायाका पति नन्दप्रसाद अधिकारीको न्यायका लागि अनशन बसिरहेकै बेला २०७१ असोजमा वीर अस्पतालको शय्यामा मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमै छ ।

 

२०६१ साल जेठ २४ गते एसएलसी जाँच दिएपछि चितवन मावली हिँडेका  कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । पछि उनका नेठा दाजु नुरप्रसाद अधिकारीले हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...