पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन, पार्थिव शरीर पार्टी कार्यालयमा



हाम्रो इकोनोमि

 

पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ आलमको निधन भएको हो ।

 

५३ वर्षीय आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएको थियो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा ल्याइएको थियो ।

 

उनको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री फर्किएको केही समयपछि नै आलमको निधन भएको थियो ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

 

यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्‍य जारी गर्दै मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् । आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

 

को हुन् आलम ?

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

त्यतिवेला उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।

गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा भने आलम नेकपा प्रवेश गरे । उनी रौतहट क्षेत्रनम्बर २ बाट वाम गठबन्धनबाट चुनाव लडेका थिए तर, उनी निर्वाचनमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...