मुख्य खबर

श्रीमतीको हत्या गरी जंगलमा फालेर प्रहरीमा आत्मसमर्पण

  नेपालगञ्जका शेर मोहम्मद शेषले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। नेपालगञ्ज–२३, जंगलीसिंहपुरुवाका २५ वर्षे शेषले नेपाल–भारतको सीमावर्ती जंगलमा श्रीमतीलाई मारेर फालेका हुन्।   बन्धकी राखेको सुन निकाल्न श्रीमतीसँगै गएका शेषले बाटोमा झगडा भएपछि एक थप्पड हानेका थिए।