इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प



हाम्रो इकोनोमि

 

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत दिएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकारहरूले सोधेको प्रश्नमा—के यो हप्ता नै युद्ध समाप्त हुन सक्छ ?—ट्रम्पले जवाफ दिए, हो, बिल्कुल । तर जब फेरि सोधियो कि वास्तवमै यही हप्ता युद्ध अन्त्य हुन्छ कि हुँदैन, उनले भने, मलाई त्यस्तो लाग्दैन, तर यो चाँडै हुनेछ। धेरै समय लाग्दैन ।

ट्रम्पले थप दाबी गरे कि इरानको मिसाइल आपूर्ति ठूलो मात्रामा नष्ट भइसकेको छ र युद्ध सुरु हुनु अघिको अवस्थाको तुलनामा अहिले निकै कमजोर भएको छ । यसै क्रममा उनले बेलायत तथा नेटोका सदस्य राष्ट्रहरूको आलोचना पनि गरे । ट्रम्पका अनुसार यी देशहरू युद्धका क्रममा अमेरिकालाई सहयोग गर्न हिचकिचाइरहेका छन् ।

तर उनले केही देशहरू स्ट्रेट अफ होर्मुजको सुरक्षासम्बन्धी अमेरिकी योजनामा सहयोग गर्न अघि बढिरहेको दाबी गरे । यद्यपि उनले ती देशहरूको नाम खुलाएनन्, तर दक्षिण कोरिया र चीनजस्ता राष्ट्रहरूले पनि अमेरिकालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...