हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव



हाम्रो इकोनोमि

 

 

 हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ । ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको स्थानीयको गुनासो छ ।

जिल्ला सदरमुकाम सिमकोटमा मंगलबार सरोकारवाला निकाय, राजनीति दल, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजसहितको सर्वपक्षीय बैठक बसेर जिल्लामा आपूर्ति भइरहेको नुन पर्याप्त नभएको निष्कर्ष निकालेको छ । बैठकले आउने वर्षका लागि थप एक हजार ५०० क्विन्टल नुन माग गर्ने निर्णय गरेको छ ।

यहाँ सहुलियतमा नुन वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हालसम्म सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक  हजार ५२९ क्विन्टल र नाम्खा गाउँपालिकामा ६३० क्विन्टल सहुलियत कोटाको नुन वितरण गर्दै आएको जनाएको छ । साल्ट ट्रेडिङ हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले जनाएअनुसार सर्केगाड र चंखेली गाउँपालिकामा एक हजार ७९ क्विन्टल र अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा एक हजार ७९ क्विन्टल नुनको कोटा छ ।

तर, त्यो नुन पर्याप्त नभएको गुनासो बारम्बार आउने गरेको शाखा प्रमुख लामाले बताए । अहिले नुन अभाव हुन थालेपछि थप नुनको माग भएको जानकारी दिए । लामाका अनुसार पहिले जिल्लाभर ४ हजार ३१९ क्विन्टल नुनको आपूर्ति भइरहेको थियो । नयाँ थप माग भएको मात्राले ६ हजार १३० क्विन्टल सहुलियतको नुन हुम्लालाई चाहिने देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...