खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज मंगलबार शिलान्यास गर्नुभएको छ । तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पुर्याउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो ।