अब यो देशमा जनता मालिक हुन्छन : खानेपानीमन्त्री मगर



हाम्रो इकोनोमि

 

खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज मंगलबार शिलान्यास गर्नुभएको छ ।

तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पुर्याउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो ।

गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले औपचारिक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रीबाट पानी ट्यांकीको शिलान्यास गराएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको बताउनुभयो ।

उहाँले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पुर्याउन सरकार लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ ।

प्रशोधन सहित खानेपानीको पहुँच पु(याउन धेरै लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

मन्त्री मगरले जनतालाई मालिक बनाउन खानेपानीको क्षेत्रमा सहलगानी मोडालिटीमा आयोजनाहरु अघि बढाइएको बताउनुभयो ।

खानेपानीमा जनताको प्रत्यक्ष सहभागिता गराएर मात्रै आयोजनाहरु अघि बढाउँदा समयमै काम सकिने र सफल हुने उहाँको भनाई थियो ।

‘जनताले आफैं लगानी गरेको आयोजनाहरु सफल भएका छन् ।

सरकारको ७० प्रतिशत र जनताको ३० प्रतिशत लगानीमा आधारित आयोजनाहरु अघि बढाउन हाम्रो टीमले काम गरिरहेको छ ।

अन्नका लागि मात्रै नभई पानीका लागि पनि हामी संघर्ष गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

गोलढुंगामा शिलान्यास भएको पानी ट्यांकीको लागत ५० लाख रुपैंया रहेको छ भने उक्त ट्यांकीको क्षमता २ लाख २० हजार लिटर रहेको छ ।

समितिले खानेपानी विभाग अन्तर्गतको सहलगानी आयोजनासँग मिलेर तारकेश्वर नगरपालिका भित्र पाँच वटा पानी ट्यांकीहरु निर्माण गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...