मन्त्री बाँस्कोटालाई विमानले छोडेर गएपछि



हाम्रो इकोनोमि

 

 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई ‘विना सूचना बुद्ध एयरले छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् ।

बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको थियो ।

मंगलवार बिहान बुटवलमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो ।

मलाई छाडेर गयो । नयाँ वर्षको अवसरमा अरू केही नभनौं । शुभकामना छ ।’ जहाजले छोडेपछि उनी सोमवार बुटवल बस्न बाध्य भए।

उनले थपे, ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दु:ख दियो ।

लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ ।

बाँस्कोटाले सरकारले कामको आधारशिला निर्माण गरेको बताए । सरकारले गठन भएको एक वर्षमा सरकारले कामको आधारशिला तयार गरेको दाबी गरे । ‘देशले निर्माणको बाटो पक्रेको छ ।

अब देश समृद्धिको दिशामा अगाडि बढछ,’ मन्त्री बाँस्कोटाले भने । उनले सरकारले प्रेसलाई व्यवसायिक बनाउन चाहेको बताए । उनले सरकारलाई उठ्नै नसक्ने गरी ठटाउन प्रेसलाई आग्रह गरे ।

तर तथ्य र प्रमाण पुर्‍याउन भने उनले सचेत गराए ।बाँस्कोटाले भने, ‘हामीलाई सचेत गराउने गरी ठटयाउनुहोस् ।

तर तथ्य र सप्रमाण सहित हुनुपर्छ ।’ उनले ललिता निवासको जग्गा रोक्का गरेको बताए ।

उनले उक्त जग्गा खरीद गर्दा नेकपा महासचिव विष्णु पौडेल ठगिएको दाबी गरे । ‘सरकारले जग्गा छानविन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...