विप्लवको शिक्षक संगठनका केन्द्रीय अध्यक्षलाई पनि विभूषण



हाम्रो इकोनोमि

 

ध्वंसात्मक गतिविधि गरेको आरोपमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पनि प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्।

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन्।

पाठक अध्यक्ष रहेको अखिल नेपाल शिक्षक संगठन नेकपाको आधिकारिक शिक्षक संगठन हो। राजनीतिक दल निकट शिक्षक संगठनका अध्यक्ष भएपनि उनले नेतृत्व गरेको स्कुल भने पढाईमा अब्ब्ल छ। उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।

शैक्षिक गतिविधिमा अब्बल भएकै कारण यो स्कुलले थुप्रै पटक राष्ट्रियस्तरको शिक्षा पुरस्कार प्राप्त गरिसकेको छ। यो स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म ५ हजार ५२९ विद्यार्थी अध्ययनरत छन्।

गत वर्ष मात्र यो स्कुलले नजिकै रहेको मानवज्ञान माध्यमिक विद्यालयलाई गाभेर नाम परिवर्तन गरेको थियो। गाभिनुअघि यो स्कुल कालिका माध्यमिक विद्यालयको नामबाट परिचित थियो।

२०१८ सालमा कालिका स्कुलको स्थापना भएको थियो। अहिले यो ५ नम्बर प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित छ।

पेशा शिक्षक भएपनि वैचारिक निष्ठा राख्नु आफ्नो अपराध नभएको पाठकले प्रतिक्रिया दिए।

‘श्रम विभागमा दर्ता भएको आधिकारिक ट्रेड युनियनलाई कुनै पार्टीसँग जोडेर हेर्न मिल्दैन’, उनले भने, ‘म पनि सरकारको तलबभत्ता खाने शिक्षक हो, मैले पदक पाउन किन नहुने ?’ उनी अध्यक्ष रहेको यो शिक्षक संगठनका पूर्व पदाधिकारीहरू अहिले भूमिगत छन्।

अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...