अर्थ

सेयर बजारमा हरियाली, झण्डै एक अर्बको कारोबार

काठमाण्डौं । मंगलबार सेयर बजारको परिसूचक ९. ७९ अंकले बढेर नेप्से परिसूचक १५८५ अंकमा कायम भएको छ। यस दिन सबै समूहहरु बढेका छन् भने कारोबार झण्डै १ अर्ब पुगेको छ। १४९ कम्पनीको ९९ करोड ६३ लाखको सेयर खरिदबिक्री भएको छ।