सिटी एक्प्रेसको उपहार योजना



हाम्रो इकोनोमि

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रा।लि।ले उक्तउपहार योजना सार्वजनिक गरेको हो ।

प्रा.ली.का प्रबन्धनिर्देशक चन्द्र टण्डन अनुसार उक्त उपहार योजना अन्र्तगत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहार स्वरुपजित्न सक्नेछन्। त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एल.जी. रेफ्रिजिरेटर उपहार प्रदान गरिने पनि प्रा.लिले जनाएको छ ।

त्यसैगरि प्रा.लीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटवालले उपहार योजनाको अन्त्यमा एकजना भाग्यमानी
विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल.कार जित्न सक्ने पनि प्रा.लिले जानकारी दिए। कटवाल अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए ।

उत्सव एक्सप्रेस अफर भदौ १८ गतेदेखि मंसिर १५ गते सम्मलागु हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्धारा गरिने प्रबन्धनिर्देशक टण्डनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...