व्यवस्थित बन्दै विषादीको प्रयोग



हाम्रो इकोनोमि

नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ ।

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री गर्ने क्रम बढ्दा विषादीको बिक्री व्यवस्थित बन्दै गएको हो । पहिले जुनसुकै पसलमा सहजरुपमा विषादी पाइन्थ्यो । अहिले विषादी जुनसुकै ठाउँमा किन्न नपाइने कृषि विभागअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले जनाएको छ ।

विषादी बिक्री गर्ने खुद्रा विक्रेताको संख्या नेपालमा बढ्दै गएको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका वरिष्ठ प्राविधिक कृष्ण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले किराना पसलदेखि जुनसुकै ठाउँमा किनबेच थियो, अहिले त्यो छैन ।”

जिल्ला कृषि विकास कार्यालयले समेत विषादीसम्बन्धी तथ्यांक राख्न थालेका छन् । किसान र विक्रेता दुवैमा चेतना बढिरहेको प्रधान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगामी दिनमा स्थानीय निकायले नै विषादीको अनुगमनको जिम्मेवारी लिनुपर्छ ।”

शाखाको तथ्यांकअनुसार विषादीको बिक्री गर्ने विक्रेताको संख्या वर्षेनी बढिरहेको छ । अहिले देशभर चार हजार ४८१ वटा विषादी पसल सञ्चालनमा छन् । आव २०७१÷७२ मा ८४६ विषादी पसलका लागि अनुमति लिएका थिए भने ७२६ वटाको नवीकरण भएको थियो । आव २०७२÷७३ मा ९३८ वटाले अनुमति पत्र लिएका थिए भने ४६४ को नवीकरण भएको थियो । आव २०७३÷७४ मा नवीकरण ७२६ वटाको तथा अनुमति पत्र ८४६ वटाले लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...