राताम्ये भयो आज नेप्से,१८ अंकले बजार घट्दा, ८४ करोड ८३ लाखको कारोवार (सुची –सहित)



साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से राताम्मै देखिएको छ । नेप्से आज १८ दसमलव २१ अंकले घटेर १५ सय ८० दसमलव १५ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि तीन दसमलव ६४ अंकले घटेर तीन सय ३१ दसमलव ३४ अंकमा कायम रहेको छ ।

कुुल एक सय ६० कम्पनीहरुको १० हजार चार सय ४९ वटा कारोवारमा १५ लाख ७० हजार दुुई सय ७२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ८४ करोड ८३ लाख २१ हजार नौ सय ४७ रुपैयाँ पुुगेको छ ।

नेप्से आज सबैगरी कुुल आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको सुचक घटेपछि नेप्से पुरै रातो भएको छ । बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव आठ अंकले घटेर १३ सय ६२ दसमलव ४२ अंकमा कायम रहेकोमा ३२ करोड दुुई लाख ७० हजा रुपैयाँको सेयर कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक २४ दसमलव ७९ अंकले घटेर दुुई हजार छ सय दसमलव ७६ अंकमा कायम रहेकोमा २५ करोड ३२ लाख ८८ हजार रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक पनि १७ दसमलव ३१ अंकले घटेर १८ सय २५ दसमलव ५९ अंकमा कायम रहेकोमा तीन करोड १८ लाख ३७ हजार रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स समुहको सुचक १० दसमलव २३ अंकले घटेर सात सय ९० दसमलव ५७ अंकमा कायम रहेकोमा एक करोड ३५ लाख ५९ हजार एक सय रुपैयाँको कारोवार भएको छ । बीमा समुहको सुचक पनि आज एक सय ४३ दसमलव ६९ अंंकले घटेर आठ हजार आठ सय ५८ दसमलव १५ अंकमा कायम रहेकोमा १५ करोड ४५ लाख ८७ हजार रुपैयाँको कारोवार भएको छ ।

होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा जनरल फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीको सुुुचीमा सिद्धार्थ लगानी बृद्धि योजना—१ परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने एनआईसी एशिया बैक अग्रस्थानमा परेको न्युज अभियानले उल्लेख गरेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
१ जनरल फाईनान्स १४० ४.४८
२ निर्धन उत्थान बिकास बैंक २३२० ४.३६
३ ओरन्टल होटल समुह ८७२ २.११
४ महुुली सामुदायिक लघुबित्त संस्था १६५८ १.९७
५ ओम डेभलपमेन्ट बैंक ४०४ ०.७५
बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
१ सिद्धार्थ लगानी बृद्धि योजना—१ २१.७९ ९.९९
२ भार्गभ बिकास बैंक २६३ ६.०७
३ सेन्ट्रल फाईनान्स १७८ ५.८२
४ पुर्णिमा बिकास बैंक ३०१ ५.३४
५ वल्र्ड मर्चेन्ट फाईनान्स १५२ ५
बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
१ एनआईसी एशिया बैंक ६२६६६२५३ ४४०
२ आरएसडिसी लघुबित्त संस्था ३७७७१३१८ ३१२५
३ छिमेक लघुबित्त बिकास बैंक ३७५९२२४९ १७००
४ निर्धन उत्थान बिकास बैंक २८६३८०८५ २३२०
५ नेपाल इन्भेष्टमेन्ट बैंक २८१८९१६५ ७६४

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार