स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण



हाम्रो इकोनोमि

गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ ।

बेरोजगार युुवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाण पत्रका आधारमा धितो बीउ पुँजी दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । उहाँले ‘आफ्नै व्यवसाय आफै रोजगार’ नाराका साथ युवालाई सहकारीमार्फत ऋण उपलब्ध गराउने बताउनुभयो ।

गाउँपालिकामा रहेका सहकारीमार्फत युवा स्वरोजगारका लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । विदेशमा गई काम गर्नुभन्दा गाउँमै ऋण लिएर व्यवसाय गर्न युवालाई परिचालन गर्न गाउँपालिका लागिपरेको रोकाया बताउनुहुन्छ । स्थानीय उत्पादन, शिक्षा, स्वास्थ्य र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने उहाँको भनाइ छ ।

“सम्पूर्ण काम विद्युतीय मेसिनबाट गर्ने योजना बनाएका छौँ,” रोकायाले भन्नुभयो । गौमूल गाउँपालिकाले ‘आत्मनिर्भर जनता गौमूल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी, पर्यटन, प्रवद्र्धन र कृषिजन्य व्यापार’ नारा अघि सारेको छ ।

शैक्षिक पाश्र्व चित्र निर्माण गर्ने, विद्यालय समायोजना गर्ने, १५ श्ययाको अस्पताल निर्माण, प्रत्येक महिला स्वास्थ्य स्वयम्सेविकालाई एसएमएस रिपोटिङका लागि मोबाइल र मासिक रिचार्ज खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ । खानेपानी गुरु योजना निर्माण गर्ने र पाँच वर्षमा सबै घरमा खानेपानीको सहज पहुँच पु¥याउने निर्णय गरिएको अध्यक्ष रोकायाले बताउनुभयो ।

सो गाउँपालिकाले कृषि खेतीलाई आधुनिक र व्यावसायिक बनाइ प्रत्येक घरमा अनिवार्य करेसाबारी निर्माण, दैनिक हरियो साग प्रयोग गर्ने नीति अघि सार्नुका साथै एक हल गोरु, एक दुहुनो गाई वा भँैसी र बाख्रापालन व्यवसायलाई अनिवार्य गर्ने निर्णय गरेको छ । भेलाले एक गाउँ एक सहकारी र सामाजिक सुरक्षा भत्तालाई बैँकिङ सेवामार्फत वितरण गर्ने नीति अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...