युएईका नेपालीले जलविद्युतमा दश करोड लगानी गर्ने



ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड को स्थापना बिशेष गरेर बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुको सानो सानो बचतलाई एकमुष्ट गरी देश भित्र लगानी गर्ने उदेश्य सहित स्थापित भएको पब्लिक लिमिटेड कम्पनी हो ।

यो कम्पनीको अधिकृत पुंजी हाल १५ करोड रहेको छ । तत्कालिन उदेश्य उर्जा बिकासमा लगानी गर्ने रहेको छ उर्जा मध्ये पनि जलबिद्युत उत्पादनमा लगानी गर्ने कम्पनीको प्रमुख क्षेत्र रहेको छ ।

मुख्य गरि यो कम्पनिले जलविद्युत उत्पादन, विकास र विस्तार सम्बन्धी आयोजनाहरुमा लगानी गर्ने तथा वैकल्पिक उर्जाको विकास, विस्तार तथा प्रवद्र्धनमा जोड दिने गर्ने । कम्पनीले आफ्नो शेयरहरु विक्री गरी कम्पनीको शेयर पूँजिको आधारमा अन्य कम्पनी, आयोजना तथा संयूक्त पूँजि लगानी ९क्ष्लखभकतmभलत या ःगतगब िागलम० अवधारणा अन्तरगत संयूक्त लगानी गर्ने गराउने तथा नेपालमा उर्जा विकासको निमित्त निर्माण हुने जलविद्युत तथा अन्य बैकल्पिक उर्जा आयोजनाहरुलाइ आवस्यक परामर्श, पूँजि व्यवस्थापन र प्रवद्र्धन सम्बन्धी कार्य गर्ने साथै सम्भावित लगानीकर्ता, व्यक्ति, कम्पनी र बैंकहरु मार्फत समन्वयन गरी आयोजनाको निमित्त आवस्यक पूजि व्यवस्थापन गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुबाट विधिवत रुपमा लगानी भित्र्याइ त्यस्ता आयोजनाहरुको विकास, संचालन र प्रवद्र्धन गर्ने लगाएत समय अनुकुल अन्य क्षेत्रमा पनि लगानी गर्दै जाने मुख्य उदेश्य सहित कम्पनि स्थापना गरेको प्रबन्ध निर्देशक लिलानाथ ९श्याम० कंडेलले हिमालय अनलाइन मिडियालाइ जानकारी दिएका छन ।

हिजो सुक्रबार कम्पनि स्थापना भएको एक साल पुरा भएको उपलक्ष्यमा ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड कम्पनी लिमिटेडको प्रथम साधारण सभा युएईको दुबईमा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा पुर्ब अर्थमन्त्रि माननीय सभासद श्री सुरेन्द्र पाण्डे,नेपाल सरकार युएईका कार्यवाहक राजदूत नेत्र बहादुर टंडन, कम्पनीका अध्यक्ष एल पी साँवा लिम्बु, प्रबन्ध निर्देशक लिलानाथ ९श्याम० कंडेल त्यसै गरि गोरक्ष हाईड्रो पावरका प्रवन्धक संचालक विश्वनाथ कँडेल एवं कविता पोखरेलका साथ कम्पनिका संचालक समितीका सदस्यहरु र सेयर होल्डर सदस्यहरुको समुपस्थितिमा सम्पन भएको छ।

गोरक्ष हाईड्रोपावर प्राईभेट लिमिटेड मार्फत धादिंगको उत्तरी भेगमा निर्माण हुन लागेका सुपर आँखुखोला जलविद्युत आयोजनामा दश करोड लगानी गर्न लागिएको हिजो भएको साधारण सभामा जानकारी दिएइको छ। २५।४ मेघावाटको सो आयोजना लगभग चार अर्ब चवालिस करोडको लगानीमा बन्न लागेको हो । यसमा ७० ५ बैंक लगानी र ३० ५ संचालकहरु बाट एक अर्ब सैतिस करोड लगानी रहने छ। मुलुकको आर्थिक सम्बृद्धिका लागि उर्जामा आत्मनिर्भरता आवश्यक भएकाले उर्जा उत्पादनमा लगानी गर्न लागिएको नेपलिज ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका प्रवन्ध निर्देशकले जानकारी दिएका छन।

प्रथम साधारण सभा।

ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको पहिलो साधारण सभा युएईमा सम्पन्न भएको छ । साधारण सभाले एल पि सावा लिम्बुको अध्यक्षतामा दुई बर्षका लागि नयाँ संचालक बोर्ड समेत गठन गरेको छ । बोर्डको प्रवन्ध निर्देशकका लिलानाथ ९श्याम० कंडेल, अर्थ निर्देशकमा नारायण अधिकारीलाई चयन गरेको छ । यस्तै जन सम्पर्क निर्देशकमा टक बहादुर गुरुङ, बिरेन्द्र नकर्मी, भेषराज ढकाल, भिम नारायण श्रेष्ठ चयन भएका छन् ।

अब सम्बृद्धिनै एक मात्र एजेण्डास् पुर्ब अर्थमन्त्री पाण्डे ।

पुर्ब अर्थमन्त्रि सुरेन्द्र पाण्डेले अब नेपालका सबै राजनितिक दलको एक मात्र एजेण्डा आर्थिक सम्बृद्धि भएकाले नेपालको विकासले अब गति लिने बताउनु भएको छ । नेपालमा लगानी गर्न चाहने युवाहरुसंग युएईको सारजहामा भएको अन्र्तकृयामा पाण्डेले बैदेशिक रोजगारीका लागि गएका नेपालीहरुबाट पनि नेपालमा ठुलो लगानी हुने सम्भावना रहेको बताउनु भयो । २०५१ पछि मात्र बिभिन्न मुलुकबाट ४० खर्ब रुपैया विप्रेषण भित्रिएको तथ्यांक प्रस्तुत गर्दैै पाण्डेले प्रवासमा रहेका नेपालीको आर्थिक लगानी मात्र होईन सिप, अनुभव र योजना समेत मुलुकको सम्बृद्धिका लागी हरेक क्षेत्रबाट लगानी सहितको शिप नेपाल भित्र्याउन आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार