समाचार

विद्या भण्डारीको सदस्यता निष्क्रिय भइसक्यो : एमाले

    नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताए ।