प्रभु बैंकले कमायो ५ अर्ब ४४ करोड, नाफामा सुधार



हाम्रो इकोनोमि

 

 

 प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो । त्यस वर्ष बैंकले ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवसम्म बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ छ । खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड २६ लाख हुँदा सञ्चालन आम्दानी १० अर्ब ५७ करोड २६ लाख रहेको छ ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा ३ अर्ब २ करोड ५२ लाख रुपैयाँ थियो । बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५५ करोड १२ लाख रुपैयाँ छ । गत आवसम्म बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...