नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा सरकारले दस्तुर लिने



हाम्रो इकोनोमि

 

 

सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले  सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय  रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ । सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...