ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा गरेका छन्। इरानले होर्मुज जलघाँटी पुनः खोल्न सहमति जनाएपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीपछि यो निर्णय लिएको बताएका छन् । उनका अनुसार उनीहरूले इरानमाथि हुने विनाशकारी आक्रमण रोक्न अनुरोध गरेका थिए ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्— पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीका आधारमा, जसमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गरेका थिए, र इरानले होर्मुज जलघाँटी पूर्ण, तुरुन्त र सुरक्षित रूपमा खोल्ने सर्तमा, म इरानमाथि हुने बमबारी र आक्रमण दुई साताका लागि स्थगित गर्न सहमत भएको छु ।

यो सन्देश अमेरिकी पूर्वी समयअनुसार साँझ ६ बजेर ३२ मिनेटमा सार्वजनिक गरिएको थियो, जुन राति ८ बजेको निर्धारित आक्रमण समयभन्दा करिब डेढ घण्टा अगाडि हो ।

ट्रम्पको सन्देशपछि केही समयमै इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले प्रारम्भिक सहमति भएको पुष्टि गरेका छन्। उनले भनेका छन्— “यदि इरानमाथिका आक्रमणहरू रोकिए भने, हाम्रो शक्तिशाली सशस्त्र बलहरूले आफ्ना प्रतिरक्षात्मक कारबाहीहरू रोक्नेछन् ।

उनका अनुसार दुई साताको अवधिमा इरानका सशस्त्र बलसँग समन्वय गरेर, प्राविधिक सीमाहरूलाई ध्यानमा राख्दै, होर्मुज जलमार्ग हुँदै सुरक्षित आवतजावत सम्भव हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...