समाचार

साउदी अरबको राजकुमारी जेल मुक्त

  साउदी अरबमा एक जना राजकुमारी तीन वर्षपछि जेलबाट रिहा भएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार ५७ वर्षीया राजकुमारी बसमाह बिन्त साउद बिन अब्दुलाजिज अल-साउद र उनकी छोरी रिहा भएकी हुन्। उनीहरूलाई तीन वर्षअघि बिनाकारण पक्राउ गरेर जेलमा राखिएको थियो।