महानगरको लाखौं रकम आफ्ना कार्यक्रतालाई बाँडेर रेनुको राजीनामा



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाको मेयर पदबाट रेनु दाहालले राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरिएको पाइएको छ । चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय भएको हो ।

महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ । उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ ।

 

 

२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ । २१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ। त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । ३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन ।

त्यसैगरी भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ । जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ । बैठकको निर्णय नम्बर १८ मा उल्लेख गरिएको रकम वितरण विवरणमा वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भएअनुसार बाँड्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...