माओवादीको अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

रसुवा जिल्लामा माओवादीबाट गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बनेका उम्मेदवार नै एमाले प्रवेश गरेका छन । रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार तेन्जिङ छेसाङ बिहीबार एमाले प्रवेश गरेका हुन ।

नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य छेवाङ तेन्जिङ लामाका अनुसार पार्टी प्रवेश गर्ने तेन्जिङ गोसाईंकुण्ड गाउँपालिमा माओवादी केन्द्रका इन्चार्जसमेत हुन । उनीसँगै वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमाले प्रवेश गरेका छन ।

रसुवा सदरमुकाम रहेको गोसाईंकुण्ड गाउँपालिमा एमालेको राम्रो प्रभाव रहेको छ । यसअघिको चुनावमा पनि एमालेले भारी मतान्तरमा चुनाव जितेको थियो । माअोवादीको उम्मेदवारी फिर्ता लिएर उनीहरू एमालेको प्रचारमा बिहीबारबाट नै हिडिँसकेका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...