राप्रपाका क्षेत्रीय अध्यक्षसहित ६० जना एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

रुपन्देहीको मायादेवी गाउँपालिकाका मुस्लिम अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खान एमालेमा प्रवेश गरेका छन् । पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व.काशिम खानका छोरा उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिइ ५ सय ८० मात्र मतले पराजित भएका थिए ।

उनको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खान लगायत करिब ६० जनाको संख्यामा पार्टी प्रवेश गरेको पार्टीको गाउँपालिकाका सचिव लाला लोधले बताए । मायादेवी गाउँपालिका वडानम्बर ५ निवासी खानसहितको टीमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन् ।

मुस्लिम समुदायको हक अधिकारको लागि अन्य पार्टीको तुलनामा एमालेको भूमिका महत्वपूर्ण रहेकाले आफुले नेकपा एमाले रोजेको रियाजुद्धिन खानले बताए । एमाले सचिव छविलाल विश्वकर्माले मायादेवी गाउँपालिकामा खानको पार्टी प्रवेशले एमाले थप बलियो भएको बताए । तराईमा एमालेको जनलहरले सबैतिर उत्साह आएको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाला लोधले यसअघि यहाँको स्थानीय सरकारले सम्झनलायक एउटा पनि काम नगरेको बताउँदै आफुले निर्वाचन जिते जनताले अनुभव पाउनेगरी काम गर्ने दावी गरे । यसअघि एमाले अध्यक्ष केपी ओली आफै रुपन्देहीको लुम्बिनीमा आएर ठूलो संख्यामा एमाले प्रवेश गराएका थिए भने एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...